डेपुटी गभर्नरलाई लिएर राष्ट्र बैंकमा दुई चर्चा, श्रेष्ठको पुनर्बहाली भएकै हो त ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2020 | 03:15:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरलाई लिएर बजारमा दुईथरी चर्चा चलेको छ। हाल निलम्बनमा रहेका डेपुटी गभर्नर शिवराज श्रेष्ठको पुनर्बहाली भएको एकथरि चर्चा छ भने कार्यकारी निर्देशकबाट अनिवार्य अवकासमा जानु अघि एक महिना बिदामा बस्नुपर्ने प्राबधानअनुसार विदामा बसेका लक्ष्मी प्रपन्न निरौलालाई डेपुटी गभर्नर नियुक्ति गरिएको अर्कोथरीको चर्चा छ। 

राष्ट्र बैंककै कार्यकारी निर्देशकहरु समेत राष्ट्र बैंकमा यी दुई थरि चर्चा ब्यापक भएको बताउँछन। 'शिवराज श्रेष्ठले आइतबारदेखि पुनर्बहाली गर्ने चर्चा छ, तर यसको सत्यताबारे आधिकारिक भनाई बाहिर नआउँदा सम्म बोल्न सक्ने अवस्था छैन।' राष्ट्र बैंकका एक कार्यकारी निर्देशकले बिजपाटीसँगको कुराकानीमा बताए। 

त्यस्तै राष्ट्र बैंककै अर्को स्रोत भन्छ, 'यहि साता सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले २२९ पेज लामो स्पष्टिकरण बुझाएका श्रेष्ठलाई पुनर्बहाली गर्ने निर्णय गरेको चर्चा छ तर त्यसको आधिकारिकताबारे यकिन भईसकेको छैन।'


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved