कृषि विकास बैंकको नाफा २ अर्ब

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2020 | 11:31:09 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा कृषि विकास बैंकले २ अर्ब बढी मुनाफा आर्जन गरेको छ । पुस मसान्तसम्ममा कर अगाडी नाफा २ अर्ब ३ करोड रहेको बैंकले जनाएको हो । अघिल्लो आर्थिक बर्षको यसै अवधिसम्ममा बैंकको कर अगाडीको मुनाफा १ अर्ब ७४ करोड रहेको थियो । बैंकले पुष मसान्त सम्ममा १ खर्ब २७ अर्ब भन्दा माथि निक्षेप संकलन गरेर १ खर्ब १७ अर्ब भन्दा माथि कर्जा लगानी गरेको छ ।

५३ औ वार्षिकोत्सवको पुर्वसन्ध्यामा बैंकले आफ्नो प्रगति विवरण सार्वजनिक गरेको छ । विवरण सार्वजनिक गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्ययले कृषिलाई नछाड्ने र अरुलाई जोड्ने उदेश्य लिएर अगाडी बढेको बताएका छन् । उनले बैंकको ४० प्रतिशत भन्दा माथि लगानी कृषिमा रहेको समेत दाबी गरे ।

बैंकले लगानी गरेको कर्जामा १ करोड भन्दा ठुलो कर्जा १ प्रतिशत भन्दा कम रहेको उनले जानकारी दिए । बैंकले पुर्ण रुपमा साना तथा मझौला कर्जालाई प्राथमीकता दिएकोले आज १० लाख भन्दा सानो कर्जा नै कुल कर्जाको ८४ प्रतिशत रहेको उनले दाबी गरे । सरकारले लिएका सहुलियत कर्जा अभियानलाई सहयोग गर्दै बैंकले हालसम्म २ हजार ५ सय भन्दा बढीलाई ५ अर्ब ५८ करोड भन्दा माथि कर्जा प्रवाह गरिसकेको उनले बताए । यसलाई थप प्रभावकारी बनाउन बैंकले प्रदेश कृषि मन्त्रालय, राष्ट्रिय कृषि महासंघ, युवा परिषद्, हेफर इन्टरनेशनल र ग्रामीण पद्धति केन्द्र सँग सहकार्य गरी कर्जा र बैंकिङ सेवा विस्तार गर्ने सम्झौता गरेको उनले जानकारी दिए ।

बैंकले प्रविधिजन्य अपराधलाई मध्यनजर गर्दै इन्ट्रानेट र इन्टरनेटलाई छुट्याउनुको साथै गत वर्ष नै आइटी अडीटीङ समेत गराइसकेको बताए । प्रविधिजन्य अपराध गर्नेहरु अरु भन्दा एक कदम अगाडी हुने भन्दै बैंकमा सिस्टमाबाट फ्रड हुन सक्ने सम्भावना नरहेको उनले दाबी गरे । केही स्थानीय सरकारको खाता संचालन गरेपनी बैंकले अन्य कुनै पनि सरकारी स्रोत परिचालन नगरेको उनको दाबी छ । कृषको घर घरमा गएर संकलन गरेकानै अन्य नीजी बैंकसँग प्रतिस्पर्धा गरिरहेको उनले बताए ।

विगतमा बैंकको ब्याजदर केही उच्च भएपनी गत वर्ष बैंकले २ पटक सम्म ब्याजदर घटाएर अन्य बैंकसँग प्रतिस्पर्धी ब्याजदर बनाएको बताए । बैंकको ब्याजदर एकल अंक नजिक रहेको भन्दै अब त्यसलाई एकल अंकमा ल्याउने प्रयास भइरहेको बताए । प्रविधिको लगानी र स्थानीय तहमा शाखा संचालन गर्दा बैंकको कस्ट बढेको तर राष्ट्र बैंकले स्प्रेडमा कडाई गर्दा बैंकहरुको नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा घट्ने सम्भावना रहेको उनले बताए । यस्तो अवस्थामा काम गर्न मुश्किल हुने भन्दै यस विषयमा अध्ययन गर्न आफ्नै नेतृत्वमा टोली बनेको उनले जानकारी दिए । आफुहरुले अध्ययन सकेपछी राष्ट्र बैंक समक्ष पहल गरिने समेत उनले जानकारी दिए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved