हिमालयन बैंकको विवाद समाधानतर्फ, एफपिओ नआउने, साधारणसभा मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2020 | 06:32:29 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंकले थप सार्वजनीक निष्काशन (एफपीओ) जारी नगर्ने भएको छ । यस अघि संस्थापक र सर्वसाधारणको शेयर अनुपात मिलाउन बैंकले एफपिओ जारि गर्ने चर्चा चलेपनि बैंकले सार्वजनिक निष्काशन बिना नै अनुपात मिलाउने तयारी गरेको हो ।

बैंकले संस्थापक र सर्वसाधारणको शेयर अनुपात ७०ः३० कायम गर्नको लागि संस्थापक शेयरलाई नै साधारण शेयरमा परिवर्तन गर्ने प्रस्ताव नेपाल राष्ट्र बैंकमा पठाएको छ । हाल हिमालयन बैंकको संस्थापक र साधारण शेयर संरचना ८५ः१५ प्रतिशत रहेकोमा राष्ट्र बैंकले त्यस अनुपातलाई ७०ः३० कायम गर्न निर्देशन दिएको थियो । सोहि निर्देशन बमोजिम बैंकले १५ प्रतिशत संस्थापक शेयरलाई सर्वसाधारणमा परिवर्तन गर्ने प्रस्ताव गरेको हो ।

राष्ट्र बैकले सुरुमा बैंकलाई शेयर संरचना परिवर्तन गर्नको लागि एफपीओ बाटो अपनाउन निर्देशन दिएको थियो । तर बैंकमा पाकिस्तानको हविब बैंकको २० प्रतिशत शेयर रहेको छ । संयुक्त लगानीको बैंकमा २० प्रतिशत भन्दा माथि शेयर विदेशी साझेदारको हुनुपर्ने ब्यवस्था रहेको छ । एफपीओ विक्रि गर्दा हविबको शेयर स्वामीत्व २० प्रतिशतबाट घट्ने भएपछि राष्ट्र बैंक लचक हुँदै संस्थापकलाई साधारणमा परिवर्तन गर्न सहमत भएको स्रोतले जनाएको छ ।

बैंकले १५ प्रतिशत शेयर रुपान्तरण गर्नु पर्ने भएपनि एक पटकमा १० प्रतिशत भन्दाबढी माथि संस्थापक शेयरलाई साधारणमा परिवर्तन गर्न नपाईने कानुनी ब्यवस्था छ ।उक्त ब्यवस्थाको कारण बैंकले सुरुमा यो वर्ष १० प्रतिशतलाई मात्र साधारण शेयरमा परिवर्तन गर्ने प्रस्ताव राष्ट्र बैंकमा पठाएको थियो । तर राष्ट्र बैंकले विशेष परिस्थितिको कारण १५ प्रतिशतलाई नै परिवर्तन गर्न दिने बताएपछि १५ प्रतिशतलाई नै साधारणमा परिमार्जन गर्न लागिएको बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणा बताउँछन् ।

राष्ट्र बैंक सहमत भएसँगै बैंकले साधारणसभाको लागि मिति तय गरेर सुचना प्रकाशित गर्ने तयारी गरेको सीइओ राणाले बताए । बैंकले माघ २९ गते साधारणसभा गर्ने गरि मंगलबार सुचना प्रकाशित गर्ने तयारी गरेको उनले जानकारी दिए । यता बैंकले विभिन्न समुहबाट प्रतिनिधिको रुपमा संचालक चयन गर्दै आएकोमा यो वर्ष भने साधारणसभाबाट संचालक चयन गर्ने तयारी गरेको छ । राष्ट्र बैंककै निर्देशनमा साधारणसभाबाट संचालकको निर्वाचन गराईने सीइओ राणाले बताए ।

बैंकमा संचालक समितिको प्रतिनिधित्वको विषयलाई लिएर विगत देखि नै विवाद रहँदै आएको छ । संस्थापक शेयरधनी रहेको म्युचुअल ट्रेडीङले संचालक समितिले काम गर्न नसकेको र पदिय लाभ उठाएको भन्दै हालै मात्र नेपाल राष्ट्र बैंकमा उजुरी समेत दिएको थियो । यसअघि संस्थापक शेयरधनीबाट संचालक समितिमा ५ जनाको प्रतिनिधित्व हुदै आएको थियो । तर शेयर संरचना परिवर्तन गर्दा संचालक समितिमा ४ जनाको मात्रै प्रतिनीधित्व हुन्छ । जसले गर्दा बैंकको संचालक समितिको विवाद समाधान हुने भन्दा पनि चुलिने सम्भावना रहेको जानकारहरु बताउँछन् ।

हिमालयन बैंकले शेयर संरचना परिवर्तन गर्नु पर्ने र संचालक समिति निवार्चन मार्फत चयन गर्नु पर्ने शर्त सहित राष्ट्र बैंकले बैंकको वासलात स्वीकृत गरेको थियो । राष्ट्र बैंकले सशर्त ब्यालेन्स सिट स्वीकृत गरेको कारण बैंकको आगामी सधारण सभा समेत अन्यौलमा परेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved