अझै पनि देशभरका १० स्थानीय तहमा बाणिज्य बैंक पुगी नसकेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको ५ महिनाको अवधिसम्ममा देशका ७५३ स्थानीय तहमध्ये १० वटामा वाणिज्य बैंकको शाखा पुगेका छैनन् ।
राष्ट्रबैंकको मंसिर मसान्तसम्मको तथ्याङ्क अनुसार हालसम्म प्रदेश ५ बाहेक कुनैपनि प्रदेशका सबै स्थानीय तहमा वणिज्य बैंक पुगेको छैन् । प्रदेश नम्बर १, २, गण्डकी र कर्णाली प्रदेशका एक एक स्थानीय तहमा अझै वाणिज्य बैंक पुगेका छैनन् । त्यस्तै बागमतीका २ र सुुदूर पश्चिम प्रदेशका ४ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुग्न बाँकि छ ।
राष्ट्र बैंकका अनुसार प्रदेश १ का १३७ तहमध्ये एक स्थानिय तहमा र प्रदेश २ का १३६ तहमध्ये एक स्थानीय तहमा अझै वाणिज्य बैंक पुग्न सकेको छैन् । यसैगरी बागमती प्रदेशका ११९ तहमध्य २ वटा तहमा वाणिज्य बैंकका पुग्न सकेको छैन् । गण्डकीका ८५ तहमध्य एक तहमा अझै नपुगेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै कर्णालीका ७९ मध्य एक र सुदूरका ८८ मध्य चार तहमा वाणिज्य बैंक पुग्न बाँकि छ ।