चालु आर्थिक बर्षको त्रैमासमा एनआईसी एसिया बैंक NIC Asia Bank Limited ले २ अर्ब ९० करोड संचालन मुनाफामा कमाएको छ । गत आर्थिक बर्षको सोहि अवधिको तुलनामा बैंकको संचालन मुनाफा ३६ प्रतिशत अर्थात् ७७ करोडले बढेको हो ।
समिक्षा अवधिमा बैंकको खुद नाफा २ अर्ब १ करोड रहेको छ । अघिल्लो आर्थिक बर्षको सोहि अवधिको तुलनामा बैंकको खुद नाफा ३३ प्रतिशत अर्थात् ५० प्रतिशतले बढेको हो । गत आर्थिक बर्षको दोस्रो त्रैमासमा बैंकको खुद नाफा १ अर्ब ५१ करोड रहेको थियो ।
बैंकले दोस्रो त्रैमाससम्ममा कर्जा १५ अर्बले वृद्धि गरी १६५ अर्ब र निक्षेप ६ अर्बले वृद्धि गरी १८६ अर्ब पु¥याएको छ । बैंकको वार्षिक विन्दुगत आधारमा प्रतिशेयर आय २१ प्रतिशतले वृद्धि भई ४१.६१ तथा स्वपूँजीमा प्रतिफल २४ प्रतिशतले वृद्धि भई २५.१७ प्रतिशत पुगेको छ ।
बैंकले ३१३ शाखा , ४२६ एटिएम, १०३ वटा एक्सटेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा प्रदान गर्दै आएको छ ।