नेपाल बैंक Nepal Bank Limited शेयरधनीहरुको खातामा नगद लाभांश पठाउन शुरु गरेको छ । बैंकले हालसम्म शेयरधनीहरुको खातामा ६७ करोड ६४ लाख १२ हजार ३७८ रुपैयाँ पठाई सकेको जानकारी दिएको छ ।
बितरण हुन बाँकी २५ करोड ४ लाख ५८ हजार ३३६ रुपैयाँ शेयरधनीहरुको खातामा जम्मा गर्ने प्रकृयामा रहेको बैंकले जनाएको छ । हालसम्म पनि बिभिन्न कारणले शेयरधनीहरुको ४ हजार ५४६ वटा खाताहरु डिम्याट नभएको र १ हजार २८१ प्लेजमा रहेको जानकारी गराउँदै डिम्याट गर्न बाँकी शेयरधनीहरुलाई खाता डिम्याट गर्न अनुरोध गरेको छ ।
सिभिल क्यापिटलबाट सम्पूर्ण हस्तान्तरण योग्य तथा नन प्लिडज सेयरहोल्डरहरुको विवरण प्राप्त भैसकेको हुँदा बाँकी रहेको नगद लाभांश बितरण नेपाल क्लियरिङ्ग हाउस लि.(एनसीएचएल) संगको सहकार्यमा छिट्टै गरिने बैंकले जानकारी दिएको छ ।
साथै, बैंकले चुक्ता पूँजीको १५ प्रतिशतका दरले हुन आउने एक अर्ब ४७ करोड १६ लाख ७२ हजार २०० रुपैयाँ बराबरको बोनश शेयर वितरण गरेको छ । यससँगै बैंकको अधिकृत पुँजी १५ अर्ब र जारी तथा चुक्ता पूँजी वृद्धि गरी ११ अर्ब २८ करोड रुपैयाँ कायम गर्ने प्रकृया अघि बढेको बैंकले जनाएको छ ।