टिच फर नेपाललार्ई सिद्धार्थ बैंकको ५ लाख सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2020 | 05:48:28 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंक Siddhartha Bank Limited ले टिच फर नेपाललाई ५ लाख रूपैयाँ सहयोग प्रदान गरेको छ । उक्त रकम बराबरको चेक बैंकका अध्यक्ष मनोज कुमार केडियाले उक्त संस्थाका प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठलाई हस्तान्तरण गरे ।

बैंकले ग्रामिण जिल्लाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको भनेको छ । टिच फर नेपालले उक्त ग्रामिण जिल्लाका सार्वजनिक विद्यालयका बालबालिकाहरुलाई २ वर्षका लागि स्वयंमसेवी शिक्षक राख्नमा खर्च गर्नेछ ।

बैंकले १८० शाखा, १०१ शाखा रहित बैंकिङ्ग सेवा, २ सय एटिएममार्फत सेवा दिँदै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved