मोरङ्गमा सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2020 | 07:07:06 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज  बैंक Sunrise Bank Limited  ले मोरङ्गमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । बैंकले ४६औं बैंकिंङ  सेवा मोरङ्गको हरैचामा सञ्चालन गरेको हो ।

उक्त सेवाको सुन्दरहरैचा नगरपालिका–१ का अध्यक्ष विनोद बहादुर बस्नेत र बैंकका प्रादेशिक कार्यालय १ का  प्रमुख विवेक निरौलाले बिहिबार संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उद्घाटनसँगै उनिहरुले सेवाकी प्रतिनिधि ममता कुमारी चौधरीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका छन् । 

हालसम्म बैंकले १३० वटा शाखा, ४६ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १५२ वटा ए.टि.एम मार्फत सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved