नेपाल बैंकर्स संघद्वारा कमिटि गठन, ब्याजदर र बैंकिङ कसुरबारे अध्ययन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 29, 2020 | 06:27:56 PM मा प्रकाशित

laxmi  sunrise bank

सानीमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बाणिज्य बैंकको छाता संगठन नेपाल बैंकर्स संघको नेतृत्त्व सम्हालेपछि बसेको दोस्रो बैठकले बिभिन्न बिषय सम्बन्धमा कमिटि गठन गरेको छ। 

संघको माघ २ गते बसेको बैठकले ब्याजदर, बैंकिङ कसुर ऐन र नागरिक प्रति बैंकको नकारात्मक भावना हटाउने तथा जोखिम ब्यवस्थापनको उपायको बिषयमा अध्ययन गर्न ३ वटा कमिटि गठन गरेको छ। कमिटिको प्रतिबेदनको आधारमा आगामी रणनीति तयार हुने बैंकर्स सङ्घले जनाएको छ। 

बैंकहरु धेरै नाफामुखी भएको आरोपको प्रतिबाद गर्नलाई संघले कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यको नेतृत्वमा कमिटि गठन गरेको छ। उक्त कमिटिले बैंकहरुको लगानीको प्रतिफलको साथै अन्य नीजी क्षेत्रको ठुला विजनेश हाउसहरुको लगानीको प्रतिफल र राष्ट्र बैंकको पछिल्ला निर्देशनहरुले पारेको प्रभाव लगायतको विषयमा अध्यनन गरेर प्रतिबेदन बुझाउने छ। 

त्यस्तै बैंकिङ कसुर ऐन तथा वाफिया लगायतमा पुनरावलोकन गर्नुपर्ने विषयमा अध्ययन गर्न राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठको संयोजकत्वमा अर्को कमिटी गठन भएको छ।

त्यस्तै संघका उपाध्यक्ष अनुकुल भट्नागरको संयोजकत्वमा बैंकर्स संघको संरचना परिवर्तन तथा आम्दानी वृद्धिसँगै खर्च कटौति कसरी गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्नलाई अर्को कमिटि गठन भएको छ। उक्त कमिटीले नागरिकहरुमा बैंकहरुप्रतिका नकारात्मक सोचको अन्त्य कसरी गर्न सकिन्छ भन्ने विषयमा समेत अध्ययन गर्ने संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले जानकारी दिए।

संघले निमार्ण गरेको ३ वटै कमिटिमा ७/७ जना सदस्या रहेका छन्।  बैंकिङ कसुर ऐन पुनरावलोकन गर्न बनेको समितिमा किरण कुमार श्रेष्ठसँगै सनराइज बैंकका सिइओ जनक पौडेल, बैंकिङ ट्रेनिङ इन्स्टिच्युटका प्रमुख कार्यकारी कुमार लम्साल, डेभलपमेन्ट बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल लगायत छन। उक्त समितिको सल्लाहकारको भुमिकामा ग्लोबल आइएमई बैंकका सिइओ पर्शुराम कुँवर क्षेत्री र संघका पुर्व अध्यक्ष तथा नविल बैंकका संचालक उपेन्द्र पौडेल छन। 

यस्तै ब्याजदर अध्ययन समितिमा कृृषि विकास बैंकका प्रमुख कार्यकारी अनिल उपाध्यायको साथै एनआइशिका प्रमुख कार्यकारी अधिकृत रोशन न्योपाने लगायत छन्। उक्त समितिलाई संघका पुर्व अध्यक्षद्धय अनिल केशरी शाह र ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले सहजीकरण गर्नेछन । 

यता जोखिम ब्यवस्थापन तथा नागरीकप्रतिको नकारात्मकताको विषयमा अध्ययन गर्न बनेको कमिटिमा संघका उपाध्यक्ष भट्नाकरको साथै सिभिल बैंकका सिइओ गोविन्द गुरुङ र नेपाल बैंकका सिइओ कृष्ण बहादुर अधिकारी छन्। उक्त समितिलाई बैंक अफ काठमाण्डुका सिइओ सोभन देव पन्त र हिमालयन बैंकका सिइओ अशोक राणले सहजिकरण गर्ने र सल्लाहकारको भुमिका निभाउनेछन्।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved