भारतमा रहेका नेपालीलाई प्रभु बैंकको वित्तीय साक्षरता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 02, 2020 | 08:57:36 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited ले भारतमा वित्तीय साक्षरता एवं अन्तक्रिया कार्यक्रम गरेको छ । बैंकले भारतको मुख्य शहर तथा प्रमुख व्यापारिक केन्द्र मुम्बईमा विभिन्न पेशा र व्यवसायमा संलग्न रहेका प्रवाशीलाई लक्षित गरी कार्यक्रम गरेको हो ।

बैंकले युकेएड डिएफआईडिको अन्तर्गत सञ्चालित सामाजिक क्षेत्रमा कार्यरत संस्था सक्षम, एक्सेस एडभाईजरी  , र प्रभु मनि ट्रान्सफरको सहकार्य एवं संयुक्त आयोजनामा कार्यक्रम गरेको जनाएको छ ।

कार्यक्रममा  करिब २०० जना प्रवासी नेपालीहरु सहभागी भएको बैंकले जनाएको छ ।  कार्यक्रममा सहभागीहरुलाई आर्जन गरेको रकम औपचारिक एवं बैंकिङ्ग प्रणाली मार्फत पठाउने लगायत वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा विज्ञ समूहबाट पर्याप्त जानकारी गराईएको बैंकले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved