इन्भेष्टमेन्ट बैंकले ९.९९ प्रतिशत मै ऋण दिने, ब्याजदर स्थिर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 03, 2020 | 06:07:57 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेन्ट बैंक Nepal Investment Bank Limited  ले एक वर्षसम्म निश्चित ब्याजदर कायम रहने गरी नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले एक वर्षकालागि निश्चित ९.९९ प्रतिशत ब्याजदरको साना तथा मझौला उद्यमी (एसएमई) कर्जा ल्याएको हो  ।

  स्थानीय स्तरमा रोजगारी सिर्जनाका साथै मुलुकमा उद्यमशीलता बढाएर देशको आर्थिक मापदण्डमा सकारात्मक परिवर्तन ल्याउन प्रत्यक्ष योगदान पु¥याउने एसएमई कर्जा योजना ल्याईएको बैंकले जनाएको छ  ।

त्यस्तै बैंकले एक वर्षकालागि निश्चित वार्षिक १०.५० प्रतिशतको ब्याजदरमा उत्पादनशिल कृषि क्षेत्रमा प्रदान गर्ने गरी कर्जा योजना पनि अघि सारेको छ । देशको विद्यमान कृषि क्षेत्रको आधारलाई सहयोग गर्ने तथा वर्तमान आर्थिक परिप्रेक्षमा यसलाई प्रबद्र्धन र आधुनिकीकरण गर्नमा केन्द्रीत हुन् बैंकले यो योजना ल्याएको जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved