हिमालयन बैंकमा खेतान समुहको 'इन्ट्री', श्रेष्ठ 'आउट', अबको अध्यक्ष को ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 03, 2020 | 06:52:12 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंकमा लामो समयदेखिको संचालक विवाद समाधान भएको छ। बैंकका अध्यक्ष समेत रहेका मनोजबहादुर श्रेष्ठको नाम संचालक चयन प्रकृयाबाट झिकेर खेतान समुहका प्रतिनिधिलाई दिएपछि हिमायन बैंकमा लामोसमयदेखिको संचालक विवाद समाधान भएको हो।

संचालकमा आफ्नो भूमिका माग गर्दै आएको राजेन्द्र खेतान समुहको म्युचुअल ट्रेडिङको प्रतिनिधि एन ट्रेडिङ बाट संचालकमा प्रतिनिधित्व गरेका बैंकमा अध्यक्ष श्रेष्ठको स्थानमा आएको स्रोतले जनाएको छ।

सोमबारसम्म संचालक मनोनयन दर्ता गर्ने समय रहेकोमा बैंकको संथापक शेयरधनीहरु आभा इन्टरनेसनल, छायाँ इन्टरनेशनल, म्यचुअल ट्रेडिङ, हविब बैंक र कर्मचारी संचय कोषको तर्फबाट एक-एक जनाको मनोनयन दर्ता भएको छ। बिज्ञ र पब्लिकको तर्फका संचालक दोहोरिएका छन। 

संचालकबाट श्रेष्ठले आफ्नो नाम झिकेपछि अन्य संचालक निर्बिरोध भएको बैंकका एक संचालकले बिजपाटीलाई बताएका छन।बैंकको माघ २९ गते हुने बार्षिक साधारणसभाले अनुमोदन गरेपछि सोमबार मनोनयन दर्ता गराएका संचालक नियुक्त हुनेछन्। 

अध्यक्ष को ?

बैंकको संचालकमा प्रतिनिधित्व गरेका पाँचवटा समुह मध्ये अध्यक्षमा आभा इन्टरनेसनल, छायाँ इन्टरनेशनल र म्यचुअल ट्रेडिङबीच सहमति जुट्ने सम्भावना कम रहेको र हबिब बैंकले नेतृत्त्व नलिने भएकाले बैंकको अध्यक्षको जिम्मेवारी कर्मचारी संचय कोषको पोल्टामा पुग्ने विश्लेषण गरिएको छ। कर्मचारी संचय कोषले अध्यक्ष पाएको अवस्थामा कोषका प्रशासक तुलसी गौतम अध्यक्ष बन्नेछन।    

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved