वित्तीय क्षेत्रमा तरलता अभाव, निक्षेप संकलन पनि सुस्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2020 | 05:35:11 PM मा प्रकाशित

laxmi  sunrise bank

वित्तीय प्रणालीमा तरलता अभाव देखिएको छ । तरलता अभाव देखिएकोले राष्ट्र बैंकले यसै साता १० अर्बको रिपो समेत जारि गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार माघ २१ गत मंगलबार बैंकिङ प्रणालीमा ३१ अर्ब मात्रै तरलता रहेको थियो । पुष मसान्तमा ४१ अर्ब माथि रहेको बैंकिङ प्रणलीको तरलता माघ १५ मा आउँदा १६ अर्बमा झरेको थियो ।

पुष मसान्तमा ३० खर्ब ६० अर्ब रहेको निक्षेप माघ १७ गते शुक्रबार ३० खर्ब ४५ अर्बमा झरेको तर बैंकहरुको कर्जा लगानी भने २७ खर्ब ३१ अर्बबाट ४ अर्बले बढेर २७ खर्ब ३५ अर्ब पुगेको थियो । जसले गर्दा बैंकिङ प्रणालीमा तरलता अभाव देखिएको हो । पुष समान्तमा बैंकिङ प्रणलीबाट करको रुपमा सरकारको खातामा पैसा गएको तर सरकाले पुँजीगत खर्च गर्न नसक्दा बैंकिङ प्रणालीबाट पैसा बाहिर जाँदा तरलता अभाव देखिएको हो ।

बुधबार राष्ट्र बैंकले आयोजान गरेको कार्यक्रममा राष्ट्र बैंकका प्रवक्ता समेत रहेका कार्यकारी निर्देशक डा. गुणकर भट्टले चालु आर्थिक वर्षको कर्जा र निक्षेपका तुलनात्मक अवस्था प्रस्तुत गरेका थिए । उक्त तथ्याङकमा चालु आर्थिक वर्षमा कर्जा विस्तार र निक्षेपको वृद्धिमा पनि सुस्ताता देखिएको उल्लेख छ । यसले पछिल्लो समय बैंकहरुले कर्जा विस्तार भएन भनिरहँदा निक्षेप पनि बढाउन नसकेको देखिएको छ ।

गत आर्थिक वर्षको पहिलो पाँच महिनामा निक्षेप ७.३ प्रतिशत र कर्जा ११.४ प्रतिशतले विस्तार भएको थियो। चालु आर्थिक वर्षमा भने निक्षेप ४ प्रतिशत र कर्जा लगानी ६.२ मात्रै विस्तार भएको छ । नेपालको पछिल्लो पाँच आर्थिक वर्षको कर्जा र निक्षेपको तथ्याङक हेर्दा पनि कर्जा लगानी र निक्षेपको वृद्धिदर चालु आर्थिक वर्षमा सुस्त नै देखिन्छ ।

आर्थिक वर्ष २०७१÷०७२ मा २०.१ प्रतिशतले निक्षेप र १९.४ प्रतिशतले कर्जा विस्तार भएको थियो । आर्थिक वर्ष २०७२÷०७३ मा १९.४ प्रतिशतले निक्षे र २३.२ प्रतिशतले कर्जा विस्तार भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७३÷०७४ मा १४ प्रतिशतले निक्षेप र १८ प्रतिशतले कर्जा विस्तार भएको थियो । आर्थिक वर्ष आर्थिक वर्ष २०७४÷०७५ मा १९.२ प्रतिशत निक्षेप २२.३ प्रतिशतले कर्जा विस्तार भएको थियो । गत आर्थिक वर्षमा पनि १८ प्रतिशले निक्षेप र १९.१ प्रतिशतले कर्जा विस्तार भएको थियो । तर चालु आर्थिक वर्षको ६ महिनाको डाटाले भने कर्जा मात्रै नभएर निक्षेपको वृद्धिमा सुस्ताता आएको देखाउँछ ।

वित्तीय प्रणालीमा ९० प्रतिशत माथि हिस्सा रहेको वाणिज्य बैंकका चालु आर्थिक वर्षको ६ महिनामा २३३ अर्बले कर्जा विस्तार भएर २७ खर्ब ३१ अर्ब पुग्दा निक्षेप १८२ अर्बले वृद्धि भएर ३० खर्ब ६० अर्ब पुगेको छ । गत आर्थिक वर्षको पहिलो ५ महिनामा बैंकहरुको निक्षेप १८६ अर्ब र कर्जा २५७ अर्बले विस्तार भएको थियो । यसले प्रतिशतमा मात्रै नभएर रकममा नै पनि कर्जा र निक्षेप दुबैको वृद्धिमा सुस्तता आएको देखाउँछ ।

चालु आर्थिक वर्षमा प्राथमिकता प्राप्त क्षेत्रको कर्जा लगानीमा भने उल्लेख्य विस्तार भएको छ ।  आर्थिक वर्ष २०७३÷०७४ मा कृषि क्षेत्रमा रहेको कर्जा लगानी ९० अर्ब रहेकोमा चालु आर्थिक वर्षको पुष मसान्तमा आउँदा २ खर्ब ४ अर्ब पुगेको छ । यस्तै सोहि अवधिमा उर्जा क्षेत्रमा ५८ अर्ब कर्जा लगानी भएकोमा चालु आर्थिक वर्षको मंसिरमा १ खर्ब ३४ अर्ब र पर्यटनमा ६३ अर्बबाट विस्तार भएर १२४.४ अर्ब पुगेको तथ्याङक डा. भट्टले प्रस्तुत गरेका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved