बैंक अफ काठमाण्डूका ग्राहकलाई कनेक्ट आईपीएसको बोनस सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2020 | 07:33:43 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डू Bank of Kathmandu Limited  का ग्राहकले खातालाई कनेक्टआईपीएसमा पहिलोपटक रजिष्ट्रेशन गर्दा एक सय रुपयाँ बोनस पाउने भएका छन् । बैक र नेपाल क्लियरिङ्ग हाउसबिच भएको सम्झौतासंगै ग्राहकले यस्तो फाईदा पाउने भएका हुन् ।

ग्राहकले कनेक्टआईपीएसमा आफ्ना खातालाई पहिलो पटक लिङ्क गरी बैंकबाट भेरीफाई पश्चात् खातामा एक सय रुपयाँ आउने बैंकले जनाएको छ । कनेक्टआईपीएसमा रजिस्ट्रेशन पश्चात् घरमा बसी आफ्नो आवश्यकता बमोजिमको रकमान्तर तथा अन्य सुबिधाहरुको उपयोग गर्न सकिने बैंकले जनाएको छ । 

बैंकले ८७ शाखा, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा प्रदान गर्दै आईरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved