कैलालीको लम्कीमा सिद्धार्थ बैंकको साक्षरता कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2020 | 05:43:24 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंक Siddhartha Bank Limited  ले कैलालीमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । बैंकले यूकेएड सक्षम एक्सेस टु फाइनान्सको साझेदारीमा आइतबार कैलालीको लम्कीमा उक्त कार्यक्रम सञ्चालन गरेको हो ।

उक्त कार्यक्रम साना तथा मझौला व्यापारीहरुलाई बैंकिङ्ग कर्जा सम्बन्धी जानकारी गराएको बैंकले जनाएको छ । बैंकका अनुसार व्यवसाय दर्ता, व्यापार योजना, वित्तीय व्यवस्थापन, कर्जा व्यास्थापन, व्यापार विस्तार, बैंकिङ्ग प्रणाली, कर लगायतका बारेमा आधारभूत जानकारी प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा ३५ भन्दा बढी साना तथा मझौला व्यापारीहरु सहभागी भएको बैंकले जनाएको छ ।

बैंकले देशभर ३ एक्स्टेन्सन् काउन्टर सहित १८० वटा शाखा, १०१ शाखारहित बैंकिङ्ग सेवा र २०३ एटीएम मार्फत् बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved