डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्दै सिद्धार्थ बैंक, ५ सयसम्म क्यास ब्याक अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 13, 2020 | 05:51:48 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंक Siddhartha Bank Limited ले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उदेश्यले विभिन्न योजना सार्वजनिक गरेको छ। बैंकले बिहीबारदेखि सिमित अवधिको लागि हुने गरी ‘सिद्धार्थ सपरच्युनीटि’ छुट योजना ल्याएको हो।

योजना अन्तर्गत बैंकले दराजबाट कार्ड मार्फत् खरिद गर्दा १५ प्रतिशत सम्म र अधिकतम पाँचसय रुपयाँ छुट पाउने जनाएको छ । त्यस्तै पहिलो दुई पटक एक हजार वा सो भन्दा बढि रकमको अनलाइन कारोबार गर्दा ग्राहकले पाँचसय रुपयाँ क्यास ब्याक पाउने बैंकले जनाएको छ । बैंकका अनुसार  ग्राहकले पहिलो दुई पटक एक हजार वा सो भन्दा बढि रकमको पीओएस मेसिन मार्फत् कारोबार गर्दा ३८२ रुपयाँ क्यास ब्याक पाउने पनि जनाएको छ ।

बैंकले ३ एक्स्टेन्सन् काउन्टर सहित देशभर १८० वटा शाखा, १०१ शाखारहित बैंकिङ्ग सेवा र २०३ एटीएम मार्फत् सेवा प्रदान गर्दै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved