सनराइज बैंकका ग्राहकलाई फ्लिम हलमा पपकर्न फ्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 13, 2020 | 07:34:07 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक  Sunrise Bank Limited ले सनराइज पप्कर्न मनिया योजना ल्याएको छ । क्यूएफएक्स सीनेमासको सहकार्यमा ल्याएको उक्त योजना शुक्रबारबाट सञ्चालन हुने बैंकले जनाएको छ । 

योजना अन्तर्गत ग्राहकले क्यूएफएक्स सीनेमासका सम्पूर्ण सिनेमा हलहरुमा योजना अवधिभर कुनै पनि चलचित्रको टिकट खरिदमा एउटा पप्कर्न निःशुल्क प्राप्त गर्न सक्नेछन् । 

यस योजनामा समावेश हुन टिकट खरिद बापतको रकम बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी क्यूएफएक्स सीनेमास स्थित पिओएस टर्मिनल मार्फत भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ । बैंकका अनुसार प्रति कारोबार अधिकतम पाँचवटा सम्म पप्कर्न निःशुल्क प्राप्त गर्न सकिनेछ ।

 डिजिटल माध्यमबाट झुक्तानी गर्न प्रोत्साहान गर्ने हेतुले ल्याएको यो योजना ३ महिनासम्म चल्ने बैंकले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved