बनेपामा सिद्धार्थ बैंकको वित्तीय साक्षरता कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2020 | 05:39:46 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंक Siddhartha Bank Limited  ले काभ्रेको बनेपामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले यूकेएड सक्षम एक्सेस टु फाइनान्सको साझेदारीमा बिहिबार काभ्रेको बनेपामा उक्त कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रममा साना तथा मझौला व्यापारीहरुलाई बैंकिङ्ग कर्जा सम्बन्धी जानकारी गराएको बैंकले जनाएको छ । बैंकका अनुसार कार्यक्रममा व्यवसाय दर्ता, व्यापार योजना, वित्तीय व्यवस्थापन, कर्जा व्यास्थापन, व्यापार विस्तार, बैंकिङ्ग प्रणाली, कर लगायतका बारेमा अधारभुत जानकारी प्रदान गरिएको थियो ।

बैंकले ३ एक्स्टेन्सन काउन्टर सहित देशभर १८० वटा शाखा, १०१ वटा शाखारहित बैंकिङ्ग सेवा र २०३ वटा एटीएम मर्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved