प्रदेश ५ मा सिभिल बैंकको १४ औँ शाखा सुनवलमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 16, 2020 | 03:23:07 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंक Civil Bank Limited ले नवलपरासीको सुनवलमा शाखा संचालनमा ल्याएको छ ।  बैंकका संचालक भिमानन्द ढुंगाना तथा सुनवल नगरपालिकाका मेयर भिम बहादुर थापाले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरे ।

सोही अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलाशेश्वर शिवालय मन्दिरमा संचालित जेष्ठ नागरिक दिवा सेवा कार्यक्रमको सहयोगार्थ एक थान फ्रिज सहयोग गरेको छ । उक्त फ्रिज बैंकका संचालक ढुंगानाले कैलाशेश्वर शिवालय तथा १०८ शिवलिङ्ग संरक्षण संस्थाका अध्यक्ष गोपाल प्रसाद आचार्यलाई हस्तान्तरण गरे । 

हालसम्म ५२ अर्वभन्दा बढी निक्षेप परिचालन गरी ५० अर्व कर्जा लगानी गरेको बैंकको शाखा संख्या १०९ पुगेको छ । बैंकले प्रदेश नं ५ मा मात्रै १४ शाखामार्फत सेवा दिँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved