मेगा बन्यो कतारबाट लगानी ल्याउने पहिलो बैंक, २ अर्ब व्यवसायीक ऋणले लगानीकर्तालाई राहत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 16, 2020 | 04:21:33 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक नेपाल Mega Bank Nepal Limited  ले २ अर्ब भन्दा बढी रुपैंया नेपाल भित्र्याउने भएको छ । बैंकले दोहा बैंकबाट व्यवसायिक ऋण नेपाल भित्र्याउने लागेको हो ।

बैंकले कतारको दोहा बैंकबाट २ करोड अमेरिकी डलर अर्थात करिब २ अर्ब २५ करोड नेपाली रुपैंया नेपाल भित्राउन लागेको जनाएको छ । मेगाकी सिइओ अनुपमा खुञ्जेली र दोहाका नेपालस्थित कार्यालयका प्रमुख सुरजविक्रम शाहीबीच सम्झौतामा हस्ताक्षर भएको छ ।

दोहाले नेपालको बैंकमा लगानी गरेको यो पहिलोपटक हो । नेपाल राष्ट्र बैंकको स्वीकृति लगत्तै मेगाले उक्त रकम नेपालमा भित्राउने जनाएको छ । कुल प्राथमिक पूँजीको शतप्रतिशत रकम विदेशबाट व्यवसायिक ऋण ल्याएर नेपालमा लगानी गर्न पाइन राष्ट्र बैंकको व्यवस्था अनुसार मेगाले दोहाबाट रकम ल्याउने प्रक्रिया थालेको जनाएको छ । 

नेपालको बैंकिङ प्रणालीमा देखिएको लगानी योग्यपुँजी (तरलता) अभावको समस्यालाई समेत मध्यनजर राख्दै दोहाबाट रकम भित्राउन लागेको मेगाले जनाएको छ । यससँगै बजारमा तरलताको अभाव अन्त्य भई सरल रुपमा कर्जा प्रवाह हुने र व्यवसायिक लगानीकर्ताहरुलाई राहत मिल्ने मेगाको विश्वास छ । 

मेगाको देशभर १११ शाखा, २९ वटा एक्सटेन्सन काउन्टर, ११४ वटा एटिएम सञ्जाल र ७९ वटा शाखारहित बैंकिङ्ग मार्फत सेवा दिदै आईरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved