८ स्थानीय तहमा अझै पुगेनन् वाणिज्य बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 16, 2020 | 08:40:02 PM मा प्रकाशित

laxmi  sunrise bank

अझै पनि देशभरका आठ स्थानीय तहमा बाणिज्य बैंक पुगी नसकेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको ६ महिनाको अवधिसम्ममा देशका ७५३ स्थानीय तहमध्ये ८ वटामा वाणिज्य बैंकको शाखा पुगेका छैनन्  । 

आर्थिक बर्षको ५ महिनाको अवधिसम्ममा देशभरका १० स्थानीय तहमा बाणिज्य बैंक पुग्न बाँकि रहेको थियो । उक्त आँकडा घटेर आर्थिक बर्षको ६ महिनामा अवधिसम्ममा आईपुग्दा ८ तहमा बैंक पुग्न बाँकि रहेको छ । अर्थात आर्थिक बर्षको ६ महिनामा बैंक नपुगेका दुई स्थानिय तहमा बैंक पुगेको छ । 

राष्ट्रबैंकको पौष मसान्तसम्मको तथ्याङ्क अनुसार हालसम्म प्रदेश ५ बाहेक कुनैपनि प्रदेशका सबै स्थानीय तहमा वणिज्य बैंक पुगेको छैन् । प्रदेश नम्बर १, २, गण्डकी र कर्णाली प्रदेशका एक एक स्थानीय तहमा अझै वाणिज्य बैंक पुगेका छैनन् । त्यस्तै बागमती र सुुदूर पश्चिम प्रदेशका दुई दुई स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुग्न बाँकि छ ।

आर्थिक बर्षको पछिल्लो महिना अर्थात ६ महिनाको अवधिमा  सुुदूर पश्चिमका बैंक नपुगेका चार तहमध्य दुई तहमा बैंक पुगेको हो । आर्थिक बर्षको ५ महिनाको अवधिसम्ममा सुुदूरका चार तहमा बैंक पुग्न बाँकि हरेको थियो । 

राष्ट्र बैंकका अनुसार प्रदेश १ का १३७ तहमध्ये एक स्थानिय तहमा र प्रदेश २ का १३६ तहमध्ये एक स्थानीय तहमा अझै वाणिज्य बैंक पुग्न सकेको छैन् । यसैगरी बागमती प्रदेशका ११९ तहमध्य २ वटा तहमा वाणिज्य बैंक पुग्न सकेको छैन् । गण्डकीका ८५ तहमध्य एक तहमा अझै नपुगेको राष्ट्र बैंकले जनाएको  छ । त्यस्तै कर्णालीका ७९ मध्य एक र सुदूरका ८८ मध्य दुई तहमा वाणिज्य बैंक पुग्न बाँकि छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved