बैंकरलाई मन्त्रालयमा बोलाएर अर्थमन्त्रीले के भने ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 17, 2020 | 07:30:36 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. युवराज खतिवडाले सोमबार बैंक तथा बित्तीय संस्थाका पदाधिकारीहरूसँग छलफल गरेका छन् । छलफलमा सहभागीले वैंकिङ्ग क्षेत्रमा तरलताको अवस्था, कर्जाको माग, असुली र व्याजदर, सम्पत्ति शुद्धीकरण अनुसन्धान सम्बन्धी विषयहरू, सामाजिक सुरक्षा कोषमा निजी क्षेत्रको सहभागिता, संस्थागत सामाजिक उत्तरदायित्व लगायतका विषयमा धारणा राखेका थिए । योसँगै उनीहरुले सहुलियतपूर्ण कर्जा वितरण र माग, राष्ट्र वैंकको एकीकृत निर्देशनहरुको कार्यान्वयन, केवाइसी व्यवस्थालाई सरलीकरण गर्ने र मर्जर नीतिको कार्यान्वयन लगायत विषयहरूमा धारणा राखेका थिए । 

छलफलमा अर्थमन्त्री खतिवडाले वैंक तथा वित्तीय संस्थाका समस्याहरूको तत्काल र दीर्घकालीन समाधानको लागि संयन्त्र विकास गरी निजी क्षेत्रलाई विश्वासको वातावरण सृजना गर्ने बताए । उनले छलफलका क्रममा उठेका विषयमा आवश्यक गृह कार्य गरी कार्यान्वयनको प्रकृयामा लैजान अर्थ मन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, नेपाल राष्ट्र वैंक र वैंकर्स संघलाई छलफल गरी टुंगोमा पुर्यावउन निर्देशनसमेत दिए । 

छलफलमा अर्थ सचिव शिशिर कुमार ढुङ्गाना, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव बिनोद के।सी।, राष्ट्र वैंकका डेपुटी गभर्नरहरू लगायत अन्य पदाधिकारीहरु, अर्थ मन्त्रालयका पदाधिकारीसहित सवै वाणिज्य वैंकका प्रमुख कार्यकारी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved