शुद्ध खानेपानीको लागी सिटिजन्सद्वारा आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 18, 2020 | 05:49:41 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनल Citizens Bank International Limited  ले विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले जाजरकोटको नलगाड नगरपालीका ७ स्थित त्रिभुवन माध्यमिक विद्यालयलाई एक लाख रुपयाँ सहयोग गरेको हो । 

बैंकले उक्त रकम संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सहयोग गरेको जनाएको छ । बैंकले विद्यालयमा अध्ययन र अध्यापन गर्दै आएका करिव ११५० जनालाई शुद्ध खानेपानीको व्यवस्था गर्न आर्थिक सहयोग गरेको हो । सहयोग रकमबाट शुद्ध खानेपानीको लागि आवश्यक पुर्वाधार निर्माण गर्ने  विद्यालय प्रशासनले जनाएको छ ।

बैंकले देशैभरी फैलिएका ८९ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट सेवा दिदै आईरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved