सामाजिक सुरक्षा कोषको खाता राष्ट्रिय वाणिज्य बैंकमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2020 | 03:15:49 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंक र सामाजिक सुरक्षा कोषबीच खाता संञ्चालन सम्बन्धी सम्झौता भएको छ। बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी र कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले सम्झौतामा हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार कोषको विभिन्न योजनामा आवद्ध भएका रोजगारदाताहरुले श्रमिकको पारिश्रमिकको ११ प्रतिशत र आफ्नो तर्फबाट २० प्रतिशत गरी जम्मा ३१ प्रतिशत रकम कोषको उक्त बैंकमा रहेको खातामा जम्मा गर्नेछन् ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले दुई सरकारी संस्थाबीच भएको सम्झौताले सामाजिक सुरक्षा योजना कार्यान्वयनका लागि सघाउ पुग्ने बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved