सनराइज बैंकले २४ घण्टा मै ऋण दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2020 | 04:45:07 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक  Sunrise Bank Limited  को “सनराइज सरल एसएमई कर्जा” योजना ल्याएको छ । उक्त योजना अन्तर्गत ग्राहकले कर्जा लिन आवश्यक सम्पूर्ण कागजात बैंकमा पेश गरेको २४ घण्टामै बैंकले कर्जा प्रवाह गर्नेछ।

योजना अन्तर्गत ग्राहकले एक करोड सम्मको कर्जा सहुलियत ब्याज दरमा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यस्तै बैंकले कर्जाको लागि प्रचलित धितो आवश्यकताको लागि समेत केहि छुट प्रदान गर्नका साथै यस्तो सुविधा उपयोग गर्ने व्यवसायसँग सम्बन्धित व्यक्तिहरुले निशुल्क क्रेडिट कार्डको सुविधा समेतको लाभ उठाउन सक्ने जनाएको छ  । 

बैंकले साना तथा मझौला उद्यमीको लागि कर लेखा तथा अन्य व्यवसायिक दक्षता अभिवृद्घिको निमित विभिन्न किसिमका परामर्श सेवा समेत उपलब्ध गराउँदै आएको जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved