एनआईसी एशियाका ग्राहकलाई सोनीको टिभीमा विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 24, 2020 | 03:33:10 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited  र नेपा हिमा ट्रेड लिंकबीच छुट सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र कम्पनीका तर्फबाट कार्यकारी निर्देशक राजेश तुलाधरले हस्ताक्षर गरेका छन् ।


सम्झौता अनुसार बैंकका ग्राहकले सोनीका आउटलेटहरु तथा केही आधिकारिक विक्रेताहरुबाट सोनी ब्राभिया टेलिभिजन किन्दा छुट पाउने छन् । ग्राहकले ब्राभिया टेलिभिजन मोडोल नम्बर ६५ एक्स ८०००जी, ६५ एक्स ९५००जी, ५५ ए ८ जी, ५५ ए ८ एफ र ५५ ए १ को खरिद गर्दा छुट पाउने बैंकले जनाएको छ । 

यस्तै बैंकका ग्राहकले डेबिट, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवा, पीओएस र क्युआर कोड प्रयोग गरि सोनी ब्राभियाका विभिन्न मोडलका टेलिभिजन किन्दा १० प्रतिशत वा अधिकतम २ हजार रुपयाँ सम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । योजना २०७६ फागुन १२ गतेदेखि २९ गतेसम्म लागू हुनेछ ।  

 बैंकले मुलुकभर ३१९ शाखा, ४४६ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ५२ वटा शाखारहित बैंकिङ्ग मार्फत् सेवा प्रदान गर्दै आइरहेको छ ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved