सेञ्चुरी बैंकका ग्राहकलाई धुुलिखेलको होटलमा आकर्षक छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 24, 2020 | 04:53:56 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी कमर्सियल बैंक Century Commercial Bank Limited  र धुलिखेलमा रहेको माउण्ट प्रिन्सेस होटल बीच छुट सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका धुलिखेलका शाखा प्रबन्धक दिपक ढुङ्गाना र होटलका प्रमुख कार्यकारी अधिकृत जोत्सना सैंजुले हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार बैंकका ग्राहकहरुले उक्त होटलमा डिजिटल माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने छन्  । नेपाल भ्रमण बर्ष २०२० सफल पार्न उद्येश्यले बैंकले आफ्ना देशैभरका  खातावाला डेविट तथा क्रेडिट कार्ड ग्राहाक र संस्थापक शेयरधनीलाई सहुलियत प्रदान गर्ने गरि सम्झौता गरेका जनाएको छ ।  

सम्झौता अनुसार बैंकको  देशैभरका खातावाला डेविट तथा क्रेडिट कार्ड ग्राहाक र संस्थापक शेयरधनीले होटलको रुम बुकिङ र फुड एण्ड वेभरेज लगायतका सेवा सुविधामा १० प्रतिशत छुट पाउनेछन् । बैंकले देशभर १३८ शाखा र ८३ वटा एटिम मार्फत सेवा प्रदान गर्दै आएको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved