२५ वर्ष पुगेको बिओकेले ल्यायो २५ रुपैयाँमा खोल्न मिल्ने खाता, यस्ता छन् विशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 24, 2020 | 05:18:05 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डू Bank of Kathmandu Limited  ले २५ औँ वर्ष पूरा गरेको उपलक्ष्यमा ‘बिओके सहज बचत खाता’ योजना सार्वजनिक गरेको छ । 

उक्त खाता २५ रुपयाँमानै खोल्न सकिने बैंकले जनाएको छ । खातामा वार्षिक ६ प्रतिशत ब्याजदर, न्यूनतम् मौज्दात २५ रुपयाँ मात्र, त्रैमासिक ब्याज भुक्तानीको सुबिधा रहेको बैंकले जनाएको छ । त्यस्तै बैंकका अनुसार पहिलो वर्ष निःशुल्क डेबिट कार्ड, मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्गको ब्यवस्था  छ । 

बैंकले ८७ शाखा, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।  



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved