एनसीसी बैंक अवकाश कोषद्वारा ७५ प्रतिशत लाभांश वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 27, 2020 | 11:18:54 AM मा प्रकाशित

laxmi  sunrise bank

एनसीसी बैंक अवकाश कोषले ७५ प्रतिशत लाभाँंश वितरण गरेको छ । कोषले बचतकर्तालाई  साउन असार मसान्तसम्मको संचित बचतबाट ३ करोड ८३ लाख १३ हजार ४५ रुपैयाँ आफ्ना ३ सय भन्दा बढी संघ संस्थाका सबै ग्राहक कर्मचारीहरुलाई वितरण गरेको हो ।  

कोषले अवकाश कोषमा रहेको मैज्दातको १ दशमलव ४९ प्रतिशत लाभांश रकम निजहरुको अवकाश कोषको खातामा जम्मा गरेको जनएको हो । 

उक्त कोष  बैंक अन्तर्गत रही नेपाल राष्ट्र बैंक र नेपाल सरकार आन्तरिक राजश्व विभागबाट स्वीकृत लिई १७ वर्षदेखि संचालनमा छ । बैंकले देशभरको १ सय २१ शाखाहरु मार्फत संचय कोष, अवकाश कोष ,उपदान कोष र संचित विदा कोष लगाएत अन्य कोषहरुको खाता खोल्ने गरेको छ । कोषले  सचिंत बचतको ९० प्रतिसम्म कर्जा दिने तथा अवकाश पाएका कर्मचारीहरुको संचित कोष रकम फिर्ता दिदै आएको छ । 

साथै, कोषले  व्यक्तिगत संचयकर्ताहरुको लागि प्रत्येक १५ हजार सम्मको औषधी उपचार बीमा सुविधा दिदै आएको छ । कोषले विगत वर्षहरुमा पनि संचित बचतबाट बचतकर्ताहरुलाई लाभाँंश वितरण गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved