बिओकेको नयाँ अफर, मोबाइल रिचार्ज गर्दा २५ प्रतिशत नगद फिर्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 27, 2020 | 02:00:50 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डू Bank of Kathmandu Limited का ग्राहकहरुले मोबाइल रिचार्ज गर्दा  २५% नगद फिर्ता पाउने भएका छन् । बैंकको बिओके स्मार्टमार्फत नेपाल टेलिकम तथा एनसेलको प्रिपेड र पोष्टपेड मोबाइलमा टपअप गर्दा कारोबार रकमको २५% नगद फिर्ता पाउने बैंकले जनाएको हो । 

बैंकका अनुसार बैंकको मोबाइल एप्लिकेशन बिओके स्मार्टबाट गरिने पहिलो कारोबार अन्तरगत पहिलो टपअप कारोबारमा यो सेवा उपलब्ध हुने छ । 

 हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved