सानिमा बैंकका ग्राहकलाई एप्पलका उत्पादन किन्दा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 28, 2020 | 04:42:40 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक Sanima Bank Limited का ग्राहकले एप्पलका प्रोडक्ट खरिद गर्दा छुट पाउने भएका छन् । बैंक र आस्ट्रल कम्प्युटर्सबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी काठमाडौंको सिभिल मलमा रहेको फ्युचर वल्र्डमा एप्पलका प्रोडक्ट खरिद गर्दा ६ हजारसम्म नगद तथा ७ हजारसम्म एसेसरिज प्राप्त गर्न सक्ने छन् । ग्राहकहरुले क्रेडिट कार्डमार्फत् १८ महिनाको मासिक किस्ता भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । 

सम्झौतामा बैंकको तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख विक्रम श्रेष्ठ र कम्पनीका तर्फबाट महाप्रबन्धक नवीन जोशीले हस्ताक्षर गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved