सिटिजन्स बैंकका ग्राहकलाई भारतको मेदान्त अस्पतालमा विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2020 | 04:20:35 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनल Citizens Bank International Limited  र भारतस्थित मेदान्त मेडिसिटि अस्पतालबीच छुट सम्बन्धी सम्झौता भएको छ ।सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल तथा मेदान्त अस्पतालका तर्फबाट सेल्स एण्ड मार्केटिङ्गका उपाध्यक्ष सुकेश थरेजाले हस्ताक्षर गरेका हुन् ।

बैंकका कार्डवाहक ग्राहकलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिने सम्झौतामा उल्लेख छ । यस सम्झौताबाट भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकहरुलाई उपचारका क्रममा सहज सेवा प्राप्त हुने विश्वास बैंकले लिएको छ । 

बैंकले ९३ वटा शाखा, ९० वटा एटिएम र १०३ वटा शाखा रहित बैंकिङ्गबाट सेवा दिदै आईरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved