सनराइज बैंक Sunrise Bank Limited ले ललितपुरको खोकनामा ९ औँ एक्सटेन्सन काउण्टरको संचालनमा ल्याएको छ । उक्त काउन्टरको ललितपुर महानगरपालिकाका २१ का अध्यक्ष रबिन्द्र मर्हजन र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले आईतबार संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
बैंकले सर्वसाधारण र उद्यमीलाई निक्षेप संकलन तथा रकम भुक्तानी लगायतका सेवा दिने उद्देश्यले एक्सटेन्सन काउण्टर संचालनमा ल्याएको बताएको छ । बैंकले १३० वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ९ वटा एक्सटेन्सन काउण्टर र १२३ वटा पुगेए.टि.एम मार्फत सेवा दिदै आईरहेको छ ।