ग्लोबल आईएमई बैंकले ९.७५ प्रतिशतसम्म व्याज दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 02, 2020 | 06:15:39 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक Global IME Bank Limited  ले 'ग्लोबल टपअप मुद्दती निक्षेप' योजना संचालनमा ल्याएको छ । बैंकले  ९.७५ प्रतिशतसम्म व्याज प्रदान गर्ने गरी नयाँ योजना ल्याएको हो । 

न्यूनतम दश हजार रुपयाँमा सहभागी हुन सकिने यो योजना अन्तर्गत व्यक्तिगत निक्षेपकर्ताले ६ महिना देखि ६० महिनाको अवधि छनौट गरी रकम राख्न सकिने बैंकले जनाएको छ । योजनामा निक्षेपकर्ताले इन्टरनेट बैंकिंग वा मोबाइल बैंकिङ्ग मार्फत रकम ट्रान्सफर गरी उक्त समयावधीभित्र मौज्दात रकम थप गर्न सक्ने सुविधा समेत रहेको बैंकले जनाएको छ ।  

बैंकले हाल देशभर २७० शाखा संजाल, २४९ शाखा रहित बैंकिङ्ग, ३४ एक्सटेन्सन काउन्टर र २५७ एटिएमबाट सेवा प्रदान गरिरहेको  छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved