मौद्रिक नीति समीक्षाको पूर्णपाठ: लघुवित्तलाई लाभांशमा कडाई, घर किन्नेलाई सहज

कोरोना भाईरस प्रभावितलाई कर्जामा सहुलियत
बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 02, 2020 | 09:06:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा गरेको छ । समिक्षा मार्फत राष्ट्र बैंकले लघुवित्तको लाभांश वितरणमा कडाई गरेको छ भने घर खरिद गर्नेलाई विशेष प्याकेजको ब्यबस्था गरेको छ । त्यस्तै राष्ट्र बैंकले कोरोना भाइरसको सम्भावित प्रभावलाई समेत समिक्षामा समेटेको छ । पहिलो घरका लागि प्रदान गरिने कर्जामा ऋण भुक्तानी आम्दानी अनुपात अधिकतम ६० प्रतिशत कायम गरेको छ।  यस व्यवस्थाले यस अघि १०० रुपैयाँ आम्दानी हुनेले अब पहिलो घर किन्दा ६० रुपैयाँ ईएमआईको लागि प्रयोग गर्न सक्नेछ।  यसअघि ५० प्रतिशत थियो। 

राष्ट्र बैंकले २० प्रतिशत भन्दा बढी लाभांश वितरण गर्ने लघुवित्तहरुलाई नयाँ ब्यबस्था गरेको हो । राष्ट्र बैंकले २० प्रतिशत भन्दा बढी लाभांश घोषणा गर्ने वित्तीय संस्थाले ग्राहक संरक्षण कोष र सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नु पर्ने रकम तोकेको हो  । नयाँ ब्यबस्था अनुसार  २० प्रतिशत भन्दा बढी लाभांश (नगद वा बोनस शेयर) वितरणको प्रस्ताव गर्ने संस्थाले २० प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको २५ प्रतिशतले हुने रकम ग्राहक संरक्षण कोष र २५ प्रतिशतले हुने रकम सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने छ । 

त्यस्तै कोरोना भाइरसको संक्रमण बढेपछि राष्ट्र बैंकले  कर्जा र पुनरकर्जाको सुविधामा पुनरावलोकन गरिने ब्यबस्था गरेको छ   । जस अनुसार कोरोना भाईरसको कारणबाट असर पर्न सक्ने सम्भावित क्षेत्रहरु पहिचान गरी त्यस्ता क्षेत्रहरुमा प्रवाह भएको कर्जामा पुनरकर्जा सुविधा र पुनरसंरचना तथा पुनरतालिकीकरणको व्यवस्थाहरुमा आवश्यकता अनुसार पुनरावलोकन गरिने राष्ट्र बैंकले जनाएको हो  ।

हेर्नुस मौद्रिक नीतिको पूर्ण पाठ : 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved