ग्लोबल आइएमई बैंकद्वारा टीकापुरमा बैंकिङ्ग साक्षरता प्रदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2020 | 06:17:43 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक Global IME Bank Limited ले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत कैलालीको टिकापुर स्थित बिरेन्द्र विद्यामन्दिर क्याम्पसमा उक्त कार्यक्रम सञ्चालन गरेको हो । 

क्याम्पसका विद्यार्थी र शिक्षकहरुलाई लक्षित गरी संचालन गरिएको कार्यक्रममा करिब १०० जनाको उपस्थिति रहेको बैंकले जनाएको छ । बैंकका अनुसार कार्यक्रममा निक्षेप, कर्जा लगानी र यसको सदुपयोग, आधुनिक बैंकिङ्ग, डिजिटल बैंकिङ्ग तथा मोवाईल बैंकिङ्ग र रेमिट्यान्स कारोवार सम्बन्धी जानकारी उपलब्ध गरिईएको थियो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved