कृषि विकास बैंक Agriculture Development Bank Limited र फोन पेबीच डिजिटल भुक्तानी सम्झौता भएको छ । सम्झौता अनुसार फोन पेको सेवा कृषि विकास बैंकको मोबाईल बैंकिङ मार्फत लिन सकिनेछ । विद्युतिय माध्यमबाट भुक्तानी गर्दा बैंकका ग्राहकहरुले निश्चित छुट पाउने बैंकका डिजिटल बैंकिङ्ग विभागका विभागीय प्रमुख बाशु अधिकारीले जानकारी दिए ।
सम्झौतामा फोन पेका तर्फबाट एफ वान सफ्ट ग्रुपका अध्यक्ष विस्वास ढकाल र बैंकका प्रमुख कार्याकारी अधिकृत अनिल कुमार उपाध्यायले हस्ताक्षर गरेका छन् ।