बैंकमा सुन राख्दा ब्याज पाइने, ऋण लिनेबाटो पनि खुल्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2020 | 02:53:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले सुन निक्षेपमा राखेर ब्याज लिन सकिने नितीगत व्यवस्था गरेको छ । चालु आर्थिक वर्षको बजेट तथा मौद्रिक नीतीले बैंकमा निक्षेप जसरी सुन राख्न सकिने योजना ल्यापछि राष्ट्र बैंकले यसको थप नीतिगत ब्यबस्था गरेको छ ।  

यससँगै ग्राहकले बाणिज्य बैंकमा सुन राखेर ब्याज पाउन सक्ने छन्  । बैंकले सुन निक्षेप लिँदा निक्षेपकर्ताबाट शुद्धता तथा तौलको जाँच गर्ने संयन्त्रको स्थापना गरी कम्तीमा ९ सय ९५ फिटनेशको सुनमात्र स्वीकार गनुपर्ने छ । सुन निक्षेमा राखेपछि बैंकले सुनको प्रमाणपत्र दिनेचा र यसको आधारमा ग्राहकले ७० प्रतिशतसम्म कर्जा पाउन सक्नेछन् ।

बैंकले सुनको निक्षेपमा दिएको व्याजदरमा २ प्रतिशतसम्म थप गरी कर्जाको व्याजदर तोक्न सक्ने छ  । सुनको व्याजदर भने बैंकले नै निर्धारण गर्नछन् । बैंकले न्युनतम २५ ग्राम परिमाणको सुनलाई निक्षेपमा स्वीकार गनुपर्ने छ । सुन जम्मा गर्दा निक्षेपको अवधी तय गनुपर्छ । सो अवधी कम्तिमा ३ वर्ष तथा अधिकतम ५ वर्षको हुनुपर्ने छ । सुन निक्षेपलाई नवीकरण गर्न पनि सकिन्छ । 

निक्षेपकर्ताले १० लाख भन्दा माथिको सुन बैंकमा राख्दा श्रोत खुलाउन पर्ने छ । वाणिज्य बैंकहरुले भुक्तानी गर्ने सुनलाई आफ्नो सुन निक्षेप खातामा लिएको मितिको मुल्य र भुक्तानी गर्ने मितिको मुल्य सुन चाँदी व्यवसायी महासंघले तोकोअनुसारको बजार मुल्य बमोजिम मुल्यांकन गनुपर्नेछ । वाणिज्य बैंकहरुले सुन निक्षेप लिने विस्तृत कार्यविधि बनाई संचालक समितिबाट पारित गनुपर्ने हुन्छ । 

यस्तो छ नयाँ ब्यबस्था :  






Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved