सेञ्चुरी कमर्सियल बैंक Century Commercial Bank Limited र कोहलपुरमा रहेको होटल अथीतीबीच छुट सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा बैंकका बासगढी शाखा प्रबन्धक प्रदीप खरेल र होटल अथीतीका प्रबन्ध निर्देशक नर बहादुर ओलीले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड भएका ग्राहकहरुले होटलको सेवा सुविधामा १० प्रतिशतसम्म छुट पाउनेछन् ।