सानिमा बैंकका ग्राहकलाई मासिक किस्तामा सामसुङ फोन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2020 | 05:52:52 PM मा प्रकाशित

laxmi  sunrise bank
सानिमा बैंक Sanima Bank Limited  र सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेता आईएमएसबीच सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख विक्रम श्रेष्ठ र आईएमएसको तर्फबाट सेल्स तथा अपरेसन म्यानेजर नारायण प्रसाद भुषालले हस्ताक्षर गरेका हुन् । 

सम्झौता अनुसार बैंकका ग्राहकहरुले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी सामसुङको स्मार्ट फोनहरु रिकमेन्डेड रिटेल मूल्यमा खरिद गर्न सक्नेछन् । त्यस्तै गरी बैंकको क्रेडिट कार्ड प्रयोगकर्ताले १८ महिना सम्मको मासिक किस्ता भुक्तानिमा सामसुङको स्मार्ट फोनहरु किन्न सक्ने बैंकले जनाएको छ ।

यसका साथै भर्खरै अन्तर्राष्ट्रिय बजारमा सामसुङले लन्च गरेको ग्यालेक्सी एस२० र ग्यालेक्सी एस२०प्लस प्रिबुक गर्दा प्रिबुकिङ उपहार समेत प्रदान गर्ने कम्पनीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved