नेपाल इन्फ्रास्ट्रक्चर बैंकद्धारा बाल मन्दिरलाई आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2020 | 06:27:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले वार्षिक उत्सवको अवसरमा बाल मन्दिरलाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल बाल संगठन (बाल मन्दिर) लाई एक लाख ५० हजार रुपैयाँ सहयोग गरेको हो ।

बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेले बाल मन्दिरका महासचिव गणेश भक्त श्रेष्ठलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।  बैंकको हाल अधिकृत पूँजी ४० अर्ब, जारी पूँजी २० अर्ब र चुक्ता पूँजी १२ अर्ब रहेको छ ।

निकट भविष्यमा सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात चुक्ता पूँजी २० अर्ब पुग्ने बैंकले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved