मर्जर र एक्वीजिशन प्राइम बैंकको प्राथमिकतामा, अर्काे संस्था खोज्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2020 | 01:07:47 PM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम कमर्सियल बैंक Prime Commercial Bank Limited  ले मर्जरलाई प्राथमिकतामा राख्ने जनाएको छ । बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले अन्य बैंक तथा वित्तीय संस्थालाई मर्जर तथा एक्वीजिशनलाई प्राथमिकतामा राखेको बताएका हुन् । 

कैलाश विकास बैंकलाई गाभेर एकीकृत कारोबारको  शुभारम्भ गर्दै अध्यक्ष दासले अन्य बैंक तथा वित्तीय संस्थालाई मर्जर तथा एक्वीजिशनलाई प्राथमिकतामा राखेको बताएका हुन् । उनले कैलाश विकास बैंकलाई प्राप्ति गरे पश्चात प्राइम बैंक नीजि क्षेत्रका उत्कृष्ट बैंकहरुमध्येको एक बैंकको रुपमा स्थापित हुने दाबी गरे । 

अध्यक्ष दासले एकीकृत कारोबार पछि बैंकको शाखा संख्या तथा व्यवसाय विस्तार हुने बताए । उनले बैंकको चुक्ता पूँजी १४ अर्ब र बैंकको शाखा संख्या २ सय पुगेको बताए । एकीकृत कारोबार पश्चात शेयरधनी तथा कर्मचारीलाई समेत सकारात्मक प्रभाव पर्ने उनको भनाई छ ।  

प्राइम बैंकको तर्फबाट मर्जर कमिटिका संयोजक गजेन्द्र विष्टले प्राइम र कैलाशको मर्जर पछि बैंकको सर्वोपरि हित हुने बताए । उनले आवश्यक परे अर्काे संस्था खोज्ने तयारीमा रहने समेत बताएका छन् ।   

प्राइम कमर्सियल बैंकको केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रमका बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले एकीकृत कारोबारको शुभारम्भ गरेका हुन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved