एनआईसी एशिया बैंकले प्रदेश ५ मा गर्यो ३८ लाख बीमा दावी भुक्तानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 13, 2020 | 07:12:04 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited  ले ल्याएको बचत खाताको योजना अन्तर्गत प्रदेश ५ अन्तर्गतका शाखाहरुबाट झण्डै ३८ लाख रुपैयाँ बीमा रकम दाबी भुक्तानी गरेको छ । बैंकको प्रदेश ५ अन्तर्गत रहेका विभिन्न शाखाहरुबाट ३७ लाख ९८ हजार ७ सय ५९ रुपैयाँ बीमा दावी रकम भुक्तानी गरिएको हो ।

बैंकले औषधिउपचार बीमा दावी अन्तर्गत ३८ जनालाई १७ लाख दुई हजार ५ सय ४७ रुपैयाँ भुक्तानी गरेको छ । त्यस्तै घातक रोग अन्तर्गत एकजनालाई १५ लाख र दुर्घटना बीमा अन्तर्गत ५ जनालाई ५ लाख ९६ हजार दुई सय १२ रुपैयाँ भुक्तानी गरेको बैंकका प्रदेश प्रमुख तिलकसुन्दर कार्कीले बताए ।

बैंकले अर्घाखाँची शाखाबाट चमत्कारी बचत खाता अन्तर्गत डायमण्ड खाता खोलेका बुद्धिराम भुसाललाई १५ लाख रुपैयाँ बीमा दावी भुक्तानी गरेको हो । त्यस्तै सुनवल शाखामा न्यू प्रिमियम समुन्नत बचत खाता खोलेका देउप्रसाद गुरुङलाई दुर्घटना बीमा अन्तर्गत ४ लाख ९१ हजार २ सय ५३ रुपैयाँ प्रदान गरेको छ ।

त्यस्तै बुटवल शाखामा सुपर चमत्कारिक बचत खाता अन्तर्गत डायमण्ड खाता खोलेका भुमादेवी खनाललाई औषधिउपचार अन्तर्गत एक लाख ३५ हजार बीमा दावी भुक्तानी गरेको गरिएको छ । त्यस्तै मुर्गिशा शाखामा सुपर चमत्कारिक बचत खाता खोलेका मननाथ गौतमलाई औषधि उपचार अन्तर्गत एकलाख ३५ हजार र ड्राइभरटोल शाखामा सुपर चमत्कारिक तलव बचत खाता खोलेका विष्णु प्रसाद भुसाललाई औषधि उपचार अन्तर्गत १ लाख ३५ हजार रुपैयाँ बीमा दावी भुक्तानी गरेको प्रदेश प्रमुख कार्कीले बताए ।

बैंकले सुपर चमत्कारिक बचत खाता अन्तर्गत डायमण्ड खाता खोल्ने १८ जना, सुपर चमत्कारित तलव बचत खाता खोल्ने १५ जना, चमत्कारिक तलव बचत खाता खोल्ने ५ जना, चमत्कारिक बचत खाता डायमण्ड खोल्ने ३ जना, सुपर चमत्कारिक नारी बचत खाता खोल्ने २ जना र न्यू प्रिमियम  समुन्नत बचत खाता खोल्ने एक जनासहित ४४ जना ग्राहकलाई बीमा दावी भुक्तानी गरेको बैंकका प्रदेश ५ प्रमुृख कार्कीले बताए । त्यस अवसरमा बैंकका प्रदेश प्रमुख कार्कीले ग्राहक धनमाया थापालाई औषधिउपचार बीमा दावी अन्तर्गत १७ हजार ७ सय रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बीमा बापतको रकम बुझदै खातावाला ग्राहक थापाले खाता खालेरै बैंकले थुप्रै सुविधा दिएकोमा खुसी व्यक्त गरिइन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved