मेगा बैंक नेपाल Mega Bank Nepal Limited ले धरानमा महिला उद्यमीहरुलाई वित्तीय साक्षरता तथा ब्याज अनुदान महिला उद्यमशिल कर्जा सम्बन्धी प्रशिक्षण कार्यक्रम गरेको छ । साना तथा मझौला उद्यमी महासंघसँग आबद्ध महिला उद्यमीहरुलाई बैंकले सुनसरीको धरानमा वित्तीय साक्षरता तथा ब्याज अनुदान महिला उद्यमशिल कर्जाका बारेमा प्रशिक्षण कार्यक्रम गरेको हो ।
कार्यक्रममा बैंकिङ विभागका प्रमुख पुण्य खनिया, बैंक प्रदेश नम्बर एकका प्रमुख विवेकबन्धु न्यौपाने, बैंक धरान शाखाका प्रबन्धक सविन श्रेष्ठले लगायतले प्रशिक्षण दिएका थिए । उनीहरुले बचत, बैंकिङ कर्जा, व्यवसायिक सफलतामा बैंकको महत्वका साथै मेगाले प्रदान गर्दै आएका विभिन्न सेवा सुविधाका बारेमा जानकारी गराएको बैंकले जनाएको छ ।