सिटिजन्स बैंकद्वारा विद्यालयलाई आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2020 | 06:20:16 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनल Citizens Bank International Limited  ले विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले कैलालीको मोहन्याल गाउँपालिका वडा नं. ४ खिमडी स्थित भृकुटी माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको हो । 

संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयका छात्रछात्राहरुको पठनपाठनमा मदत हुने विश्वासले एक लाख रुपैयाँ प्रदान गरेको बैंकले जनाएको छ ।

बैंकका मोहन्याल शाखाका कर्मचारीहरु तथा विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, विद्यार्थी, अभिभावकको उपस्थितिमा उक्त सहयोग रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ । 

बैंकले देशैभरी फैलिएका ९३ वटा शाखा, ९० वटा एटिएम र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट सेवा दिदै आइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved