एनआईसी एशिया बैंकद्वारा १५ लाख रूपैयाँ बीमा रकम भुक्तानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2020 | 05:52:54 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक  NIC Asia Bank Limited ले १५ लाख रुपयाँ दावी बीमारकम भूक्तानी गरेको छ । बैंकले झापाको विर्तामोड निवासी महेश अग्रवाललाई औषधी उपचार बीमाअन्तर्गत उक्त दावी रकम प्रदान गरेको हो । 

अग्रवालले बैंकले ल्याएको चमत्कारिक निक्षेप योजनाअन्तर्गत ‘डायमण्ड’ श्रेणीको खाता खोले वापत उक्त रकम प्राप्त गरेको बैंकले जनाएको छ । उनले ओपन हर्ट सर्जरी भए पश्चात उक्त खाताभित्र घातक रोगहरूको बीमा सुविधाअन्तर्गतको बीमा रकम दावी गरेको जनाइएको छ ।

बैंकको बीमा सहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका १ सय २७ भन्दा बढी ग्राहकले बीमा वापतको ८७ लाख रुपैयाँ भन्दा बढी रकम प्राप्त गरिसकेको बैंकले जनाएकोे छ ।

बैंकले मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४५७ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६० वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा दिदै आइरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved