सिभिल बैंकको नयाँ शाखा काठमाण्डौँको अत्तरखेलमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 20, 2020 | 04:37:12 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंक Civil Bank Limited  ले काठमाण्डौको अत्तरखेलमा शाखा विस्तार गरेको छ । 

उक्त शाखाको उद्घाटन गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे र बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुङ्गानाले संयुक्त रुपमा गरेका हुन् । 

सोही अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सुन्दरीजलमा रहेको ओख्रेनी माध्यमिक विद्यालयलाई एक थान कम्प्युटर तथा नयॉपाटीमा रहेको रामजानकी आधारभुत विद्यालयका विद्यार्थीहरुका लागि ५० थान स्कूल ब्याग हस्तान्तरण गरेको जनाएको छ ।

बैंकले ११३ वटा शाखाहरु तथा २ वटा एक्स्टेन्सन काउन्टर र ५ वटा शाखारहित बैंकिंगबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved