एनआईसी एसियाद्वारा डिजिटल कारोबारलाई प्रोत्साहन, सबै डिजिटल सेवाहरू निःशुल्क

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 20, 2020 | 09:58:47 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया बैंक NIC Asia Bank Limited  ले इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायतका विद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ । कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न नोट कारोबारको सट्टा कार्ड तथा विद्युतिय कारोबारलाई प्रोत्साहन गर्नलाई बैंकले विद्युतीय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको जनाएको छ। 

डिजिटल बैंकिङ्ग क्षेत्रमा अग्रणी स्थानमा रहि आना ग्राहकवर्गलाई नविनतम प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको दाबि गर्दै बैंकले ग्राहकको स्वास्थ्य तथा सुविधालाई मध्येनजर  गरि वद्युतीय माध्यमबाट गरिने भुक्तानीका सेवाहरू अर्काे सूचना जारी नगरेसम्मको लागि निःशुल्क गरेको  बैंकले जनाएको छ। 

बैंकले आफ्ना मुलुकभरका ३१९ शाखा कार्यालयहरू, ४५९ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्गमार्फत् २१ लाख भन्दा बढी ग्राहकलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved