कोरोना बिरुद्द लड्न ग्लोबल आईएमई बैंकले १ करोड १५ लाख सहयोग गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2020 | 06:17:21 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंकले कोरोना भाईरस (कोभिड –१९) विरुद्ध लड्न १ करोड रुपैयाँ योगदान गर्ने निर्णय गरेको गरेको छ  । सरकारले  घोषणा गरेको “कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष” मा बैंकले १ करोड रुपैयाँ योगदान गर्ने भएको हो । 

साथै सोही प्रयोजनार्थ बैंकले कान्तिपुर पब्लिकेसनद्वारा स्थापित “कान्तिपुर कोभिड–१९ रोकथाम” कोष मार्फत १५ लाख आर्थिक सहयोग समेत उपलब्ध गराउने भएको छ । कोभिड – १९ ले आम विश्व समुदायलाई त्रसित बनाइरहेको अवस्थामा नेपाल र नेपाली पनि उच्च जोखिममा रहेको यस घडीमा यस योगदानबाट यो भाईरस विरुद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास बैंकले लिएकोे छ ।    

बैंकले आगामी दिनहरुमा समेत यस्तो सहयोग लाई निरन्तरता दिँदै जाने जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved