कोरोना भाइरसको कारण मेगा बैंकले बैंक खुल्ने समय घटाएको छ । बैंकले भाइरसबाट सृजित विषम परिस्थितिलाई ध्यानमा राख्दै सतर्कता अपनाउन चैत्र ११ गतेबाट लागु हुने गरि बैंक खुल्ने समय घटाउने जनाएको हो ।
जस अनुसार बैंकले अर्को सूचना जारि नभएसम्म आइतबारदेखि बिहिबारसम्म काउन्टरहरु बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म र शुक्रबार १० बजेदेखि १:३० बजेसम्म खुल्ने जनाएको छ ।
बैंकले डिजिटल भुक्तानी सेवा प्रयोग गर्न समेत आग्रह गरेको छ ।